लिभिङ टुगेदरको कथामा आधारित चलचित्र 'के यो माया हो' को बिग सिनेमामा रेड कार्पेट प्रिमियर गरिने भएको छ । खासगरि हिन्दी चलचित्र मात्र चलाउने बिग सिनेमामा नै चलचित्र 'के यो माया हो' प्रदर्शन हुन लाग्नु अनि त्यहि हलमा प्रिमियर हुन लाग्नु चलचित्रकर्मीहरुको लागि पक्कै खुशिको कुरा हो ।सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रको प्रिमियरमा सहभागी हुन चलचित्रकर्मी तथा पत्रकारहरुलाई निम्ता पठाई सकेको पब्लिसिटी डिजाइनर श्याम अर्यालले जनाएका छन् । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रको बितरण काठमाडौमा सुनिल मानन्धर र काठमाण्डौ बाहिर सुनिल राठीले गरेका छन् । यस भन्दा अघि मानन्धरले बितरण गरेको चलचित्र 'सासन' धम्की दिएर भए पनि बिग सिनेमामा चलाएको हल्ला चलिरहँदा यो चलचित्रले भने सहजै प्रदर्शन पाउन लागेको हो ।
अरुणिमा लम्साल, शुष्मा कार्की, सौगात मल्ल, आर्यन सिग्देल अभिनित यो चलचित्रबाट अहिले धेरैले आशा गरिरहेका छन् । शहरमा मौलाउदै गएको लिभिङ टुगेदरको कथा समेटिएको भनिएको यो चलचित्र जस्तै नेपाली दर्शकहरुले यस अघि केही चलचित्रबाट स्तरियताको आशा गरे पनि हात्ति आयो हात्ति आयो फुस्सा भन्दा जस्तै भएको थियो । यस कारण धेरैले धेरै आशा गरेको चलचित्र 'के यो माया हो' ले भने दर्शकलाई निरासा पार्ने छैन । हाम्रो शुभकामना !
No comments:
Post a Comment