चलचित्र लोग्ने मान्छे

पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको गीत रेकर्डिङ कार्य शुरू गरिएको छ । 


चेतन सापकोटाको संगीतमा आईतवार बागबजार स्थित सिने जोन रेकर्डिङ स्टुडियोमा गायक दिपक लिम्बु र गायिका माण्डवी त्रिपाठीले स्वर दिए । चार वटा गीत समावेश गरिने सो चलचित्रमा स्वरूप राज आचार्य, जुनु रिजाल र इन्दिरा जोशीले पनि स्वर दिने भएका छन् ।

No comments: