आजदेखि तिहार सुरु भोली कुकुर र काग तिहार

http://t1.gstatic.com/images?q=tbn:ANd9GcSYeIl7ohWE1ZbKQgkfcTrrokanpJth1lQrIYdZsNNMH4TOZwln
आजदेखि तिहार सुरु भोली कुकुर र काग तिहार – हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।
पहिलो दिन आज घरघरमा दीपावली गरेर तिहारको स्वागत गरिँदैछ । आज साँझ घरघरमा यमलोकका राजा यमराजको आहृवान र पूजाआराधना गर्ने प्रचलन छ । यमराज आफ्ना दैनिक काम छाडेर आजदेखि पाँच दिनसम्म बहिनीका घरमा पाहुनाका रुपमा रहने जनविश्वास रहिआएको छ । बहिनी यमुनाद्वारा पूजिएका यमराजले पाँच दिनसम्म बस्त्र, अलंकार आदि प्रदान गर्ने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ । कात्तिक शुक्ल द्वादशीका दिनदेखि पाँच दिनसम्म मनाइने तिहारलाई फूल र बत्तीको पर्वका रुपमासेमत चिनिने गरिन्छ । तिथिअनुसार आज तिहारको पहिलो दिन भए पनि कुकर तिहार र काग तिहार भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान कागको पूजा गरी काग तिहार र अपराहृन कुकुरको पूजा गरी कुकर तिहार मनाइने जनाएको छ ।
यम पञ्चकको अन्तिम दिन आगामी कात्तिक ११ गते परेको छ । सोही दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दै निधारमा सप्तरङ्गी टिका लगाइदिने चलन छ । यस वर्षको तिहारको टिकाको शुभ साईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


VIDEO: (Diwali festival celebration in Nepal)Tihar festival also known as Dipawali or Diwali is a festival of brothers and sisters

No comments: