प्रेमिकाको बारेमा महानायकको नयाँ रहस्य

बाइस  बर्षदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय रहेका  महानायक राजेश हमाल कहिलै अरूको कुरामा लागेनन्
 । सोही कारणले उनी अन्य कलाकार भन्दा फरक उपमाले पनि चिनिए । पर्सनल लाईफ र प्रोफेशनल लाईफलाई भिन्न तरिकाले प्रयोग गर्दै आएका यि नायक सवैको कुरा सुन्ने र अन्तमा आफ्नो निर्णय  गर्ने कलाकार पनि हुन ।  तर कसैको कुरा नसुन्ने यि हिरो १९ बर्षे  युवा ज्योतिष हरिहर अधिकारीको भनाईमा  लाग्दै आफ्नो प्रेमयात्रालाई बीचमै छाड्ने मनस्तिथिमा पनि पुगे । जुन खबर केही साताअघि छापामा माध्यममा पनि छाएको  थियो ।

हमालको धरानकी मधु भट्टराई 
 नाम गरेकी युवतीसंग अफएर छ । यस अघि उनको प्रेमिका विराटनगरकी मधु केसी  हुन भनेर खबरहरू बाहिर आएको थियो । तर ती युवतीको थर र ठेगाना गलत भएको स्रोतले दावी गरेको छ । मधु हाल काठमाण्डूको बासबारीमा बस्छिन् । उनी 'पहिला दिदीसंग बस्थिन  तर केही महिनादेखि उनी एक्लै बस्न थालेको' स्रोत 
दावीका साथ भन्छ । यस्तै 'राजेशले आफ्नी प्रेमिकालाई बासबारीमा फल्याट र स्कुटी पनि किनिदिए
का छन् ' स्रोत भन्छ  । हाल हमाल नेपाल  बाहिर छन् उनी तिहार मनाउन अमेरिका गएको भिनिएपनि विभिन्न खबरअनुसार उनी अन्य मूलुक घुम्नमा  ब्यस्त छन तर यो कुरा पुष्ट भैसकेको छैन । उनी दुई दीदीको हातबाट भाई टीका लगाउन गत दशैको छेकोमा  अमेरिका गएका थिए । अमेरिका जानु केही दिन अघि एक कार्यक्रमका लागि दुबई  गएका हमालले त्यहाँ आईफोन किनेका थिए उनले मोबाईल बोक्न छाडेको झण्डै एक दशक भएको थियो । तर विदेशमा रहदा प्रेमिका मधुसग नजिक रहन उनले सो आईफोन किनेको बुझिएको छ ।  उनले २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेपछी मोबाईल बोक्न छाडेका थिए । भ्याकेशनमा रहेका हमालले नयाँ आईफोनबाट हरेक दिन मधुलाई फोन समेत गर्ने गरेको स्रोत भन्छ । मधु दशै तिहार मनाउनका लागि हाल गृहनगर धरानमा छिन् । उनी तिहार लगत्तै काठमाण्डू फर्कने बताईएको छ । अमेरिकाबाट हमाल कार्तिक १४ गते फर्किने सेड्वील छ जसको स्वागतका लागि उनी स्वयम  त्रिभुवन अर्न्तराष्टिय विमनास्थल पुग्ने बुझिएको छ । 
Madhu's photo will be available in short time frame.

No comments: