तपोवनमा राजेश र मनिषाको जम्का भेट

नेपाली चलचित्र 'धर्मा' का जोडी राजेश हमाल र मनिषा कोईरालाको शबिनार जम्का भेट भयो । काठमाण्डौको ओशो तपोवनमा एक्कासी भेटिए पछि यो जोडी एकछिन त मुखामुख नै भए । ओशोमा एक्कासी भेटिएको यो जोडीले ओशो सम्बन्धी नेपालीमा लेखिएको नेपाली, हिन्दी र अंग्रेजी भाषाका पुस्तकहरू विमोचन गरे । ओशो तपोवनका संयोजक स्वामी आनन्द अरुणले पुस्तक विमोचन पछि राजेश र मनिषालाई आध्यात्मिक विषयवस्तुका बारेमा प्रस्ट्याएका थिए । उनीहरूले स्वामी आनन्दको प्रवचन ध्यान दिएर सुनेका थिए । राजेश हमाल काठमाण्डौको जितपुर फेदीमा रहेको 'मातृ नेपाल बालगृह' का अनाथ बालबालिकालाई कापी कलम र खाना वितरण गरि फर्कने बेला ओशो पसेका हुन् भने मनिषा ओशोमा ध्यान गर्न पुगेकी थिईन् । राजेश हमाल चलचित्र 'मेरो राजेश दाई' को पब्लिसिटीका लागी अनाथाश्रम पुगेका हुन् ।



No comments: