
नेपाली संगीतका माली मानिने भक्तराजको जीवनमा भएका उतारचढावलाई चलचित्र 'आचार्य' मार्फत प्रस्तुत गरिएकोले सो चलचित्रका नायक तथा भक्तराजका जेष्ठ सुपुत्र सत्यराजले हरेक नेपालीले यो चलचित्र एक पटक हेर्नै पर्ने बताए । उनका अनुसार भक्तराजलाई माया गर्ने र उनको बारेमा बुझ्न चाहनेका लागि चलचित्र आचार्य कोशेढुंगा जस्तै बन्ने छ । आफ्ना पिताका अनुभुतीहरूलाई अनुभव गरेर चलचित्रको पर्दामा जीवन्तता दिने प्रयास गरेको सत्यको भनाई छ । उनले चलचित्र 'आचार्य' आफ्ना पिताका फ्यानहरूलाई बिशेष उपहार नै हुने बताए ।
भक्तराजको जीवनीलाई कथामा उतारेर चलचित्रको पर्दामा प्रस्तुत गर्ने जमर्को गरेका निर्देशक प्रशान्त रसाईलीले चलचित्र आचार्य साधारण तरिकाले प्रस्तुत गरिएको भएपनि हरेक दर्शकको मन छुने बनेको दाबी गरे । चलचित्रमा भक्तराजकै स्वर तथा संगीत रहेको ६ वटा गीत र सत्यस्वरूपको स्वरमा रहेको दुई गीत गरि आठ वटा गीत समावेश गरिएको बताउँदै निर्देशक रसाईलीले ति गीतहरू भक्तराज प्रति समर्पित गरेको बताए ।

चलचित्र आचार्यका निर्माता रोशन राईले भक्तराजको अनुमति बिना यो चलचित्र निर्माण असम्भव भएकाले भक्तराज प्रति आफू आभारी रहेको बताए । उनले भने, 'भक्तराजको जीवनीमा चलचित्र बनाउन पाउनु मेरो लागी गर्वको कुरा हो ।' यता चलचित्र आचार्यका लगि दुई गीत लेखेका गीतकार नवराज लम्सालले सांग्रिला होटलमा अडियो विमोचन गरिरहँदा चलचित्र आचार्यले नयाँ सांग्रिलाको खोजी गर्ने बताए । साथै उनले भक्तराजको संगीतमा आफ्ना गीतहरू गुञ्जन पाउनु भाग्यको कुरा रहेको समेत बताए ।
सिल्करूटको व्यानरमा निर्माण गरिएको चलचित्र आचार्य यहि असोज ६ गते सार्वजनिक हुँदैछ । सत्यराज आचार्यको प्रमुख भुमिका रहेको सो चलचित्रमा अरूणा कार्की, सुनिल पोखरेलको साथमा भारतिय गजल गायक गुलाम अलिको बिशेष भुमिका रहेको छ । शैलेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको चलचित्र आचार्यको छायाँकन काठमाण्डौ, सिक्किम र दार्जिलिङमा गरिएको हो ।
No comments:
Post a Comment