
स्वास्थ्य र सरसफाईको क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले सिरीयल निर्माण गर्न लागेको मार्कुसको भनाई छ । 'गड लिभ्स इन हिमालयज' र छायांकन सकिएर सम्पादन भैरहेको चलचित्र 'गुडवाई काठमाडौ' मा अभिनय गरेकी सुब्बाले सर्वसाधारणलाई सरसरफाई प्रति उत्प्रेरित बनाउने विषयमा केन्द्रित सिरीयलमा मुख्य भुमिका निर्वाह गर्न पाउँदा खुसी लागेको फिल्मीखबरलाई बताईन् । कलाकार भएर मनोरञ्जन मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्न पाउँदा खुसी लागेको सुब्बाको भनाई छ । नेपालको गाउँ बस्तीमा पुगेर स्थानीय बासीसँग उनीहरुका समस्याको प्रत्यक्ष जानकारी लिन पाउँदा थप उत्साहीत भएको नायिका सुब्बाले बताईन् ।
नायिका सुब्बा र लोकपप गायक काफ्ले बाहेक सिरीयलमा स्थानीय बासीको भुमिका पनि रहनेछ । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरका कलाकारसँग अभिनय गर्न पाउँदा निकै खुसी लागेको दुधेखोलाबासीले बताएका छन् । पहिलोपटक सिरीयलमा अभिनय गरेको अनुभव सुनाउँदै गायक काफ्लेले सामाजिक क्षेत्रमा कलाकारको भुमिका उच्च रहने भएकाले सोही जिम्मेवारी पुरा गर्न लागेको प्रतिक्रिया दिए । उनले भने, 'स्वास्थ्य र सरसफाई प्रति सचेतनाको अभावमा वर्षेनी नेपालीले ज्यान गुमाईरहेको समयमा यो समस्या समाधान गर्न सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो ।'
२०६७ चैत महिनाभित्र छायांकन सकिने सिरीयल टेलीभिजन च्यानलहरुबाट प्रशारण गरिने निर्देशक थापाले जानकारी दिए । सिरीयलको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा अल फर अल डेभलभमेन्ट कन्सल्टीङ प्रालीले निर्माण सुरु गरेको हो ।
No comments:
Post a Comment