‘बिदाई’मा ‘टु ईन वन’ अफर

हाल उपत्यकाका बिभिन्न हलहरुमा प्रदर्शन भैरहेको सिनेमा ‘बिदाई’मा ‘टु ईन वन’ अफर लागु गरिएको रै’छ । यो अफर अन्तर्गत सिनेमा हेरिसके पछि दर्शकहरु झनै खुशी हुनुपर्नेमा ठुस्स पर्दै हलबाट बाहिर निस्कने गरेको पाईएको छ । कतिले त अब नेपाली सिनेमा नहेर्ने बरु घरमै बसेर डि.भि.डी मार्फत् हिन्दी सिनेमाहरु हेरी, ‘यहि त होला नि त्यो नेपाली फिल्मको कथा’ भन्दै चित्त बुझाउने पनि बताए रे ! ‘आखिर के गर्यो र रामजी लामिछाने निर्देशित सिनेमा बिदाईले, जसलाई हेरिसके पछि नेपाली दर्शकले यस्तो प्रतिक्रिया ब्यक्त गरे’, सिनेमाको यस बिषयमा ब्यापक खुल्दुली भयो । अन्ततः बिभिन्न चियोचर्चो पछि थाहा भयो कि, बिदाईमा ‘टु ईन वन’ अफर मिसाईएको रैछ । भन्नाले, ‘बिदाई’ भित्र दुईवटा हिन्दी सिनेमाहरुको कथा सकि–नसकि कोचिएको रै’छ । त्यो पनि चरण–चरण मिलाएर, सिनेमाको पहिलो चरणमा एउटा हिन्दी सिनेमाको कथा, दास्रो चरणमा अर्को हिन्दी सिनेमाको कथा । अनि तात्दैन त दर्शको दिमाग । नेपाली फिल्म हेर्न गाको । दुई वटा हिन्दी फिल्म हेर्न पाको ।

No comments: