नायिका नीता ढुंगाना बुधबार दिउँसो निकै लज्जित भईन् । सायद उनी यस्तो लज्जित कहिल्लै हुन परेको थिएन होला । कुरा हो चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईतको ।
बुधबार दिउँसो २ बजे चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूलाई टेकु स्थित परेली रेष्टुरेन्टमा बोलाईएको थियो । सबै जना समयमा नै कार्यक्रम स्थलमा आईपुगेका थिए तर कार्यक्रम भने साढे तीन बजिसक्दा पनि शुरू भएन । कार्यक्रम समयमै सञ्चालन हुन नसकेपछि सबै जना दिक्क मानिसकेका थिए । कार्यक्रम शुरू गर्न किन ढिला भईरहेछ भन्ने कुरा कसैले बुझ्न सकेनन् । सबैजना कराउन थाले कार्यक्रम शुरू गर्नुस् भनेर । तर पनि चलचित्र युनिटले सुनेको नसुन्यै गर्यो ।
जब घडीले साढे तीन बजेको संकेत दियो तब कार्यक्रम शुरू गरियो । डेढ घण्टा ढिलो कार्यक्रम शुरू हुनुको राज पनि खुल्यो । कार्यक्रम ढिला हुनुको मुख्य कारण नै चलचित्रकी नायिका नीता ढुंगाना समयमा आईनपुग्नु रहेछ । युनिटले नायिका नीता नआएसम्म कार्यक्रम शुरू नगर्ने अडान लिएर बसेको रहेछ । नायिका नीता आईन् अनि कार्यक्रम पनि शुरू भयो र करिब आधाघण्टामा नै कार्यक्रम सकियो । आधा घण्टामा सकिने कार्यक्रमलाई नायिका नीताले डेढ घण्टा कुराईदिईन् ।
No comments:
Post a Comment