इन्भारोमेन्टल पोलेसीमा मास्टर तहको अन्तिम वर्षमा अध्ययनरत डाँगी आफैंले चलाएको गाडी विपरित दिशाबाट आएको कारसँग ठोकिन पुग्दा उनको घटनास्थलमै निधन भएको जानकारी विश्वविद्यालयका इन्टरनेशनल स्टुडेन्ट को-अर्डिनेटर ब्राइनले दिएका छन् । विपरित दिशाबाट आएको कारमा सवार दुइ व्यक्ति भने घाइते भएका र अस्पताल पुर्याइएको थियो ।
स्थानीय प्रहरीले दिएको समाचार भन्दै ओहायोको कुरियर अनलाइनकाअनुसार डाँगीले २००२ को मिस्टिव्युसी कार चलाएका र स्थानीय हृयानकक काउन्टि रोड युएस ६८ उत्तर आर्लिंटनमा उक्त दूर्घटना भएको हो ।
विश्वविद्यालयले वासिंड.टन डीसीस्थित नेपाली दूताबाससँग सम्पर्क गरिसकेको र निधन भएका विद्यार्थीको शवलाई स्थानीय लुकासा काउन्टीस्थित अस्पतालमा पोष्टमार्टम गरिने जानकारी ब्राइनले दिएको दूताबासका प्रथम सचिव आनन्द शर्माले नेपाली पोष्टलाई जानकारी दिनुभएको छ ।
नेपाल संखुवा-सभा चैनपुर घर भएका मुकेश विक्रम सम्वत् २०५८ सालको एसएलसी परीक्षामा संखुवा सभा जिल्लाकै सबैभन्दा बढी अंक प्राप्त गरी उत्तिर्ण भएका थिए ।
मुकेश पिता उमेश तथा माता विमलाका एक मात्र सन्तान रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनका पिता उमेश डाँगी नेपाल कम्युनिस्ट पार्टी (एमाले) संखुवासभाका जिल्ला अध्यक्ष हुन् ।
No comments:
Post a Comment