रायमाझीको मृत्यु रहस्यमय

'गएराति ८ बजेसम्म मैले उहाँसंग फोनमा कुरा गरेको रेकर्ड  छ । जुन बेला उहाँ पूर्ण  स्वस्थ्य र खुशी हुनुहुन्थ्यो  एक प्रकारले भन्ने हो भने उहाँमा कुनै पनि टेनसनको भाव थिएन ।' कलाकार लव शर्माले पशुपति आर्यघाटमा दीपक रायमाझीको पछिल्लो गतिविधि बारेमा दिएको जानकारी हो ।


कलाकार शर्मा स्वर्गीय रायमाझीको सवैभन्दा निकट रहेका कलाकार हुन जो संग दीपकले हरेक प्रोजेक्टमा हात हाल्नु अघि सल्लाह लिने गर्थे । तर एकाएक विहान रायमाझीको निधनको खबर सुनेपछी उनी छागाबाट झरेजस्तो भए । र उनले आशंका ब्यक्त गर्दै भने 'उहाँको मृत्यु रहस्यमय छ ।'  उनको भनाईलाई आधार मान्ने हो भने निधन भएका रायमाझीको देब्रे पट्टीको गालाको भाग कपडाले छोपिएको थियो भने नाकका दुई छेउ र ओठको तल पट्टी भागमा  घाउको दाग थियो । 


दिरा प्रेमी रायमाझी मध्यरातमा नशाको सुरमा घरको दुई तला माथिको बालकोनीबाट झरेको बताईएको छ तर उनको पारिवारिक पृष्ठभूमिलाई केलाउने क्रममा उनको परिवारमा केही दिन देखि झगडा परेको बुझिएको छ । कारण उनको रसियन जेठी श्रीमती ३० बर्ष श्चात नेपाल आएकाले रायमाझीको घरमा केही विवाद उत्पन्न भएको हो  । तर विवादको चुरो कुरो के थियो भन्ने कुरा थाहा हुन सकेको छैन । उनको जेठी श्रीमतीको एक छोरा पनि छन् ।  रायमाझीको जेठी श्रीमती आजै बेलुकीको फलाईटबाट रूस प्रस्थान गर्ने टिकट बुकिंग रहेको बुझिएको छ । उनी लाजिम्पाटमा रहेका होटल एम्बसडरमा बस्दै आएको  तर नाम भने खुलेको छैन ।



No comments: