पन्ध्र पटक भयो विवाह


हल्लैहल्ला चलिरहने नेपाली सिने उद्योगमा कहिले काही विभिन्न हल्लाहरु चल्ने गर्छन । कुनै हल्ला सहि पनि सावित हुन्छन त कोही अस
त्य भएर हल्लैमा सिमित हुन्छन् । हो यस्तै हल्ला फेरी एक पटक सुनिन थालेको छ  । र त्यो हल्ला हो हिरो राजबल्लभ कोईराला विवाह बन्दनमा बाधिए रे ।

तर उनी कोसंग  र किन विवाह बन्धनमा बाधिए भन्ने कुरा पुष्टी नभएकाले हामीले बल्लभलाई सोध्यौ तपाईको विवाह भयो रे नि   बल्लभ झसङ्गीदै  भने विवाह भएत तपाईहरुलाई निम्ता दिईहाल्थे नि सुटुक्क गर्न के जरुरी  आफ्ना विषयमा पछिल्लो समय सार्वजनिक अफएयरको समाचारका कारण केही डिष्टर्ब देखिएका बल्लभ एक बर्षपछी दशै मनाउन गृहनगर पोखरा गएका थिए । र यहि समयमा उनको विवाहको हल्ला बाहिर आएको थियो । हावा नचलि पात हल्लिदैन  भन्ने उखानलाई पनि उनी  मान्न तयार छैनन् र  बल्लभ  भन्छन् 'जसको अस्तीत्व जे छ त्यसले त्यस्तै कुराहरु गर्दै हिड्छ यसमा मेरो भन्नु केही छैन , किन कि विवाह जस्तो कुरा लुकाएर लुकिने चिज हैन ।' 

यस्तै यहि सन्दर्भमा रिल लाईफमा आफ्नो विवाह पन्ध्र पटक भएकाले कसैले यो बिषयलाई अर्कै तरिकाले अर्थाएको हुन सक्ने उनको तर्क छ ।  उनी  अभिनित २१ वटा  चलचित्र मध्ये सम्झना ,हासिदेऊ, एक फेर, पल, दिवानापन
गायतका  पन्ध्र वटा सिनेमामा बेहुलोको रुपमा देखा परेका छन् । तर रियल लाईफमै बेहुलो भयो भन्ने झुठो खबर कसले र किन फैलाउदै हिड्यो भन्ने बारेमा उनी  अचम्मित छन् । बल्लभको एक महिना अघि नेपालकै  प्रतिष्ठीत महिला बैकस्र संगको प्रेम प्रसंगको बारेमा  एक पत्रिकामा खबर छापिएको थियो । जुन खबरपश्चात राजबल्लभको प्रेम र विवाहका खबरहरु विभिन्न कोणले परिभाषित हुदै आएका छन् । यस अघि निर्देशक सविर श्रेष्ठ र निर्माता  कृषा चौलागाईको पनि विवाहको हल्ला चलेको थियो जुन हल्ला हल्लैमा सिमित भएको थियो । 

No comments: