भुवनलाई फेरि कुटाईको झट्का

नायक भुवन केसी फेरी एक पटक लफडामा परेका छन् । केहि महिना अगाडी कोटेश्वरमा हेलमेट काण्डमा परेमा भुवन मंगलबार राती कुटाई काण्डमा परेका छन् । यसरी हेर्दा लाग्छ भुवन यस्तै यस्तै काण्डमा परिरहने र पर्न चाहने सेलिब्रेटी हुन् ।

प्रसङ्ग हो मंगलबार राति दरबारमार्ग स्थित सिमोल लन्ज एन्ड क्याफेमा भएको कुटपिटको । राति करिब नौ बजेतिर नाम नखुलेका दुई साथीसँग बा ३ च १०५० न
म्बरको गाडी चडेर सो क्याफे छिरेका भुवनले आफ्नो हर्कत देखाए । केहि बेर सिग्नेचर नामको रक्सीमा झुमेपछि आडमा रहेका केटीसँग भुवन जिस्कन थालेछन् । केटीसँग जिस्कनौ भुवनका लागि नौलो त थिएन तर जब भुवनले हातपात गर्न खोजे त्यसपछि केटीहरू जाई लागे ।

नशामा लठ्ठिएका भुवन र उनका साथीहरूलाई केटीहरूले पिट्न थालेपछि भुवन र अर्का एक जना साथी गाडी छोडेर कुलेलाम ठोके तर बिचरा अर्का एक साथीको भने नमज्जाले राम धुलाई भएछ । भुवन र उनका साथीले कुटाई खानु परेको मुख्य कारण क्याफेका कर्मचारीले खोल्न नचाहे पनि  भुवन र उनका साथीहरूले त्यहाँ उपस्थित केटीहरूको एक ग्रुपलाई जिस्काएको बुझिएको छ । दिउँसो करिब सवा बार्‍ह बजे तिर कुटाई खाएक एक युवक गाडी लिन आउँदा घटना घटेको पुष्टी भएको हो । निधारमा ठूलै घाउ भएका ति युवक मुख छोपेर क्याफेमा आई गाडी लिएर निस्केका थिए ।

गाडी लिन आएका ति युवकसँग मुखमा देखिएको घाउ बारे बुझ्न खोज्दा उनले राती सामान्य लफडा भएको प्रतिक्रिया दिए । तर उनको घाउ हेर्दा भने घटना सामान्य नभएर ठूलै भएको अनुमान लगाउन सकिन्छ । भुवनले खासै कुटाई खान नपाए पनि उनका एक साथीलाई केटी मात्र भुवनले खासै कुटाई खान नपाए पनि उनका एक साथीलाई केटीहरूको ३/४ जनाको ग्रुपले मात्र नभएर प्रहरीले समेत पिटेको बुझिएको छ । प्रहरीले थुनामा राख्न खोज्दा सामान्य झगडा भएको बताउँदै क्याफेका कर्मचारीले छुट्याएको बुझिएको छ ।

भुवनले कुटाई खाने डरले भागेको र पछि फेरि एक जना केटी लिएर सोही क्याफेमा भुवन फिल्मी पारमा इण्ट्री गरेको सो क्याफेका एक कर्मचारीले बताए । केहि बेर क्याफेमा बसेपछि भुवन बाहिरिएको ति कर्मचारीको भनाई थियो । उनका अनुसार घटना खासै ठूलो थिएन । 'सामान्य घटना हो यसलाई ठूलो बनाउन पर्दैन', एक कर्मचारीले बताए । घटना बारे भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनी हाँसेर टारे । भुवनले हाँस्दै भने, 'खै मलाई त केही थाहा छैन ।' क्याफेमा छोडिएको गाडी भने भुवनको नभएर नायक रमित ढुंगाना चढ्ने गाडी थियो ।

No comments: