
यहि क्रमलाई निरन्तरता दिंदै निर्देशन रामजी लामिछानेले पनि आफ्नो पछिल्लो चलचित्र 'प्रेमिका' को तस्विर तथा पोस्टरहरू फेसबुक अकाउन्ट बनाएर नै सार्वजनिक गरेका छन् । नायक सुमन सिंह र नायिका झरना थापाको जोडी रहेको सो चलचित्रका केहि पोस्टर तथा तस्विरहरू 'प्रेमिका मुभि' नामको अकाउण्टमा देख्न सकिने छ । छिट्टै नै सार्वजनिक हुने बताईएको सो चलचित्रको हाल पोस्टप्रोडक्सनको काम भईरहेको निर्देशकको भनाई छ ।
शुभ शान्ति फिल्म्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा दिनेश सुनामको संगीत, दुर्गा पौडेलको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, आरजे २५ को नृत्य, प्रमोद ढुंगानाको गीत तथा बनिश शाहको सम्पादन रहेको छ । प्रेम कथामा आधारित चलचित्र 'प्रेमिका' को कथा शुसिल पोखरेलले लेखेका हुन् । चलचित्रलाई गोपीकृष्ण मुभिजले बितरण गर्दैछ ।
No comments:
Post a Comment