पुनस्र्थापित भएर तेस्रो देश अमेरिका पुगेका भुटानी शरणार्थीलाई यतिबेला स्वदेशको मायाले पिरोलेको छ । भुटानी शरणार्थी समुदायभित्रका माया, प्रेम, मौलिक कला संस्कृति र देशपरदेशको कथा अब पर्दामा चित्रण हुँदैछ । यिनै कथावस्तुको उठान गरिएको चलचित्र 'भुल्ने पो हो कि'लाई जीवनज्योति इन्टरटेनमेन्टले निर्माण गर्दैछ । पूर्वीनेपालदेखि अमेरिकासम्मको यात्रालाई समेटिने चलचित्रको सुटिङ चाँडै हुँदैछ ।
चारमहिनाभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको चलचित्रको शुभसाइत सोमबार एटलान्टामा गरियो । अर्गनाइजेसन अभ भुटनिज कम्युनिटिज इन अमेरिकाका अध्यक्ष विजय खालिङले ब्यानर अनावरण गरेर शुभसाइत गरे । गायक यम बरालले नरिवल फुटाए । चलचित्रका कलाकारहरु अनिस थापा, सोमु थापा र टंक न्यौपानेले मुहूर्त अभिनय गरे । भुटानी चर्चित गायक बुद्धिराज राईले गीत गाए ।
टेकबहादुर सार्कीले निर्माण गर्ने चलचित्रलाई अनिस थापाले निर्देशन गर्नेछन् । पटकथा पनि थापाकै हो । थापाका अनुसार चलचित्र 'भुल्ने पो हो कि' विदेशी भूमिमा सुटिङ गरिने नेपाली भाषाको पहिलो भुटानी चलचित्र हुनेछ । सिनेम्याट्रोग्राफर टसी हिमग्याप लामाका अनुसार ५० हजार अमेरिकी डलरको लगानीमा चलचित्र निर्माण गरिनेछ । महेश खड्काको संगीत र शेखर ढुंगानाको गीतमा अन्जु पन्त र स्वरुपराज आचार्यलगायतले गाएका छन् ।
No comments:
Post a Comment