
गोपीकृष्ण मुभिजको व्यानरमा दयाराम दाहालले निर्देशन गरेको सो चालचित्रमा केकी र एसराज मुख्य भुमिकामा छन् । छायाँकनको अन्तिम चरणमा पुगेको सो चलचित्रको कामबाट निर्देशक सन्तुष्ट छन् । निर्देशक दाहाल भन्छन्, 'नयाँ भएर पनि काम अनुभवी कलाकारको जस्तो छ । म धेरै खुसी छु ।' निर्देशक दाहालकाले सुटिङका क्रममा गाली गरेका र नपिटेका कमै कलाकार मध्ये यि पनि परेका छन् । दाहाल भन्छन्, 'कहिले काहि मात्र गाली गरे जस्तो गर्छु तर राम्रो काम गरेकाले त्यति गालि गर्न परेको छैन ।'
निर्देशक दाहाल मात्र हैन सम्पूर्ण युनिट नै यिनको कामबाट सन्तुष्ट छ । नृत्यनिर्देशक कविराज गहतराजले पहिलो पटक नचाएको बताउँदै दुबै जना राम्रो नाच्ने कलाकार भएको बताए । उनले भने, 'राम्रो नाच्ने भएकाले यस चलचित्रका गीतहरूमा नयाँ नयाँ स्टेपहरू गराएको छु ।' यस्ता कलाकारहरूसँग काम गर्न रमाईलो पनि लाग्ने कविराजको भनाई छ ।
यता नायिका केकी पनि एसराजको तारिफ गरेर थाक्दिनन् भने एसराज पनि केकीको मुक्तकण्ठले प्रशंसा गर्छन् । एसराजले स्वरमा भन्दा धेरै राम्रो काम गरेको केकीको भनाई छ । नायिका केकीसँग दुई वटा म्युजिक भिडियोमा काम गरेका एसराजले नवनायिकाहरूमा सबैभन्दा मन पर्ने केकी नै रहेको बताउँछन् । नेपाली चलचित्रका मुर्धन्य व्यक्ति राजेश हमाल र करिश्मा मानन्धरसँग काम गर्न पाउँदा पनि यिनमा खुसीको सिमा छैन ।
यि कलाकार त खुसी छन् तर के दर्शक खुसी होलान् त ? आशा गरौं यो जोडीले सबैलाई खुसी बनाउने छ । चलचित्रको भाषामा भन्दा मायाको बारिमा फुलै फुल फुलाउने छ ।
No comments:
Post a Comment