पुराना नायकहरु हराउँदै छन्

नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता बोकेका चलचित्रकर्मीहरुले नायकका लागी लगानी गर्न हिचकिचाउँदैनन् । त्यसो त धेरै मपाईं भएर पो होकि अधिकाँश नायकहरुले आफुलाई समय अनुसार परिवर्तन गर्न सकेको पाइदैन । त्यसैले पनि अहिले बिस्तारै पुराना नायकहरु हराउँदै छन् भने नयाँ अनुहार स्थापित हुँदैछन् ।


केही समय अघि सम्म नेपाली चलचित्रमा नायकको पगरी गुथेकाहरुको त अहिले यो क्षेत्रमा नाम सुन्न पनि मुस्किल छ । त्यस बेलाका बिश्व बस्नेत जसको आगमन नेपाली चलचित्रमा फेसन र स्टाइलका हिसाबले पनि विशेष रह्यो । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, उत्तम प्रधान, रमेश उप्रेती, धिरेन शाक्य, रमित ढुङ्गाना, दिलिप रायमाझि, श्रीकृष्ठ श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्टको हातमा पनि अहिले कमै चलचित्र छन् त कतिलाई निर्माता निर्देशकले पत्याउन छोडी सेकेका छन् भने कति बिदेश पलायन भएका छन् ।

लामो समय सम्म एकछत्र राज गरिरहेका नायक राजेश हमाल बाहेक सुनिल दत्त पाण्डेले आफुलाई समयमै खलनायक बनाउन जानेकाले उनि पनि टिकिरहेका छन् । हुन त चलचित्र क्षेत्रमा ग्ल्यामर र बैंश चाहिन्छ । बैंश छउन्जेल एकाएक ब्यस्त बनेका कलाकारहरु बिस्तारै उमेर ढल्दै जाँदा कि भूमिका बदल्नु पर्ने कि त चलचित्रबाट नै पलायन हुनु पर्ने बाहेक अर्को बिकल्प देखिएन ।आफूलाई समय अनुसार ढाल्न नसकेपछि पुराना पुस्ताका नायकहरूको विकल्प खोज्न पनि थालिएको हो ।

No comments: