बन्दको असर चलचित्रमा

देशमा बारम्बार भैरहने बन्दले हरेक क्षेत्रमा असर गरिरहेको बिषय नौलो कुरा हैन । हाम्रो सानो चलचित्र उद्योग समेत बन्दको प्रभावबाट अछुतो रहन सकेको छैन । एक दिनको बन्दले समेत लाखौ नोक्सानी चलचित्र उद्योगमा गरिरहेको हुन्छ । झन् रिलीज भएको १-२ दिनमै कुनै चलचित्र बन्दको मारमा पर्यो भने त्यसको नराम्रो असर त्यो चलचित्रको व्यापारमा पर्दछ ।

पूर्वमा आज शुक्रबार रिलिज भएको चलचित्रहरु बन्दको चपेटामा परेका छन् । लिम्बुवानको माग राख्दै लिम्बुवान प्रान्तिय परिसदले पूर्वका नौ जिल्ला र आफ्नो कार्यकर्ताको हत्याको बिरोधमा काँग्रेसले सुनसरी जिल्ला आज एक दिनको लागि बन्द गराए पछि प्रदर्शनमा आएका चलचित्रले आज लाखौको क्षति बेहोर्नु पर्‍यो । बन्दको कारण आज दमक, धरान, बिर्तामोड, बेलबारी, बिराटचोक  लगायतका स्थानको हलहरु ठप्प रहे । पूर्वका हलहरुमा यतिबेला 'के यो माया हो, हात लाग्यो शून्य, अरबपति लगायत चलचित्रहरु प्रदर्शन भैरहेका छन् ।

No comments: