
सुनील सागरको कथा, निर्देशन र संगीत रहेको चलचित्रमा गीत र भाषा अनुवाद नरेन्द्र जैशि र नरेन्द्र राज रेग्मिको रहेको छ । पदम राना र दुर्गा थापाको नृत्य निर्देशन रहेको चलचित्रको निर्माता वि. एस. वि. श्रीस हुन् भने द्वन्दनिर्देशन जगनाथ चौधरीले गरेका छन् । चलचित्रमा पुरुष रोक्का, भावना लामा, रजनी शाह, लव कुमार काफ्ले लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रमा भुवन दाहाल, पवित्रा भण्डारी, हसिना साउद, ध्वज महरा, डिवि पर्तेल र सवनम गुरुङको स्वर रहेको छ । उत्तर गंगा फिल्म्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा गाउँका युवा घरको आर्थिक अवस्था कमजोर भएपछि कसरी विदेश पुग्न वाध्य हुन्छ र कस्ता कस्ता समस्याहरुसँग लड्नु पर्दछ भन्ने कथामा देखाईएको निर्माता नन्दु श्रीसले फिल्मीखबरलाई जानकारी दिए । चलचित्र मलेसियाका ठुला तथा साना गरी करीव २० शहरहरुमा प्रर्दशन गर्न लागिएको निर्माता नन्दु श्रीसले जानकारी दिए ।
No comments:
Post a Comment