सेलिब्रेटिमा पनि क्रिकेटको रौनक

विश्वकप क्रिकेटअन्तर्गत बुधबार मोहालीमा भारत र पाकिस्तान बिच सेमिफाइनल खेल हुँदैछ । महेन्द्रसिंह धोनीको भारतीय र शहिद अफ्रिदीको पाकिस्तानी टोलीबीच हुन लागेको भिडन्तलाई बिश्वले नियाल्दै छ । यहि क्रममा नेपालका सेलिब्रेटि पनि सो खेलको प्रतिक्षामा छन् । अहिले बिश्वको वातावरणलाई भारत र पाकिस्तान बिच हुन लागेको खेलले साँच्चै नै निकै तताएको छ । अहिले नेपाली सेलिब्रेटिहरूमा कस्ले जित्ला भन्ने जिज्ञासा बढिरहेको छ । हरेकले आ-आफ्नै अक्ड्कल बाजी गरिरहेका छन् । कोहि भारतको पक्षमा छन् त कोही पाकिस्तानको । सबैले आ-आफ्नो टिमलाई बलियो मानेका छन् । यहि बिषयलाई मध्य नजर गर्दै फिल्मीखबरले सेलिब्रेटिहरूलाई तपाईंको टिमले हारे के गर्नुहुन्छ भनि प्रश्न गरेका थियौं । ति सेलिब्रेटीहरूको जवाफ यस्तो छ - केहि समय अगाडी भएको क्रिकेट फेस्टिभलको सद्भावना दुत बनेकी नायिका नम्रता श्रेष्ठ पनि भारतको पक्षमा छिन् । क्रिकेट खेलको बारेमा खासै चासो नराख्ने भएपनि आफ्नी आमा क्रिकेटको ठूलो फ्यान भएको र भारतको पक्षमा रहेकोले आफ्नी आमाको चित्त बुझाउन पनि उनी भारतको पक्षमा छिन् । खेलमा प्र्याक्टिस र भाग्य दुबै हुने भएकोले आजको खेल यसै भन्न सक्ने अवस्था नरहेपनि उनी भारतले जित्ने कुरामा ढुक्क छिन् । उनी भन्छिन्, 'गएको बिश्वकप फुटबल खेलमा स्पेनलाई सपोर्ट गर्दा स्पेनले जित्यो आज भारतलाई सपोर्ट गर्दैछु त्यसैले आजको खेल भारतले नै जित्छ ।'

No comments: